क्यानडाको एक विद्यालयमा गोली प्रहार हुँदा १० जनाको मृत्यु, २५ घाइते

खबर बुक
  • ख-
  • ख+

क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिजको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। मंगलबार भएकोअन्धाधुन्ध गोली प्रहारमा २५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ।

स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’

उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन्। सो विद्यालयमा कक्षा ७ देखि १२ सम्मका १७५ विद्यार्थीहरू अध्यन्नरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्