चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता हुने, प्रथमलाई ५० हजार पुरस्कार

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २७ माघ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता हुने भएको छ ।निर्वाचन आयोगले आज एक सूचना निकालेर चुनावसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता हुने जनाएको हो ।

प्रतियोगितामा सहभागी उत्कृष्ट तीन वटा भिडियोलाई पुरस्कृत गर्ने आयोगले जनाएको छ । पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोगले आज निकालेको सूचनामा उल्लेख छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिनेछ ।

भिडियोमा चुनाव प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक आउँदो फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ । भिडियो टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्