काठमाडौँ, २५ माघ । हिजो हृदयाघातका कारण निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार शनिबार साँझ कलाकर्मीको विभिन्न संघ संस्थाको छलफलबाट अन्तिम श्रद्धाञ्जलीका लागि विकास बोर्डमा राखिने तय भएको हो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका ६८ वर्षीया थापाको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि शवलाई पोस्टमार्टम गरिनेछ ।
उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् । थापा नेपाल एक्लै बस्दै आएका थिए भने परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।












