काठमाण्डौं, १० माघ । तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटस्थित पृथ्वी राजमार्गमा मिनी ट्रकको ठक्करबाट जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापाको मृत्यु भएको हो ।
डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
फरार चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











