ताप्लेजुङको फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १९ पुस । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) का अनुसार भूकम्प आज बिहान ६ः१३ बजे गएको हो ।

भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका क्षेत्रमा महसुस गरिएको स्थानीयवासीले बताएका छन् । भूकम्पबाट कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्