तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको अर्थमन्त्री खनालको गुनासो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष ९ । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गर्नुभएको छ ।

बुधबार बिराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन गर्दै मन्त्री खनालले फागुन २१ गते निर्वाचन गराउन वर्तमान सरकार दृढ संकल्पित रहेको र छिमेकीहरुले समेत विश्वास गरिरहेको बेला मुलुक भित्रै भने असफल बनाउने प्रयास भइरहेको बताउनुभएको हो । उहाले फागुन २१ गते निर्वाचन नभए अकल्पनिय दुर्घटना हुन सक्ने भएकाले वर्तमान सरकारले जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध रहेको र विदेशीहरुले समेत निर्वाचन हुने कुरामा विश्वास गरेको जानकारी दिनुभयो ।

उहाँले फागुन २१ गतेको निर्वाचन पछि बन्ने सरकारलाई आधारभूमि तयार गर्ने गरी वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका विभिन्न सवालहरुबारे धेरै काम गरिदिएको जानकारी दिनुभयो ।

अर्थमन्त्री खनालले आफु अध्यादेशबाट मुलुक चलाउने पक्षमा नरहेकाले वर्तमान सरकारलाई प्राप्त म्याण्डेटका आधारमा विद्यमान कानुन अनुसार नै अर्थतन्त्र सुधारका धेरै निर्र्णारु गरिदिएको बताउनु भयो । उहाँले जेन्जी आन्दोलन पछि शिथिल बनेको अर्थतन्त्र र मनोबल गिरेको उद्योगी व्यवसायीलाई राहत पुग्ने गरी एकिकृत योजना ल्याएको जानकारी दिनुभयो । बाइट………….

खनालले संघियता कार्यान्वयनका लागि कर्मचारी सरुवा र नियुक्तिको अधिकार सम्बन्धित प्रदेश र पालिकालाई दिनुपर्ने जिकिर गर्नुभयो । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन तथा उत्पादित वस्तुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गरेको हो । पुस १९ गतेसम्म चल्ने एक्स्पोमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय वटा स्टलहरु राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्