काठमाडौँ, ६ पौष । । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी जिल्लाको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए । उपचारक्रममा बिहान ७ः२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।
यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए ।











