दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ६ पौष । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिका–३ को भैसे बगरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च २६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा २२ वर्षीय केशवराज जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जिपमा सवार जोशी दुर्घटना भएपछि सोही जिपले च्यापिएको अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी जोराले बताए ।

चालक मार्मा गाउँपालिका–६ सेरी बस्ने २६ वर्षीय माधव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्