काठमाण्डौं, १३ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले आज (शनिबार)देखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
नयाँ सूची अनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ सानो अण्डा प्रतिपेटी तीन हजार २५० रुपैयाँ तोकिएको छ।
किसानले लागत उठाउन सक्नेगरी मूल्य निर्धारण गरेको संघले बताएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० ले वृद्धि भएको हो। भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको उनले बताए।











