कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ मंसिर । हाल देशभर कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।
महाशाखाका अनुसार शनिबार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

यस्तै, दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्