काठमाडौं, मंसिर ११ । पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले उनलाई धरौटी छाड्न आदेश दिएकाे हाे।
काठमाडौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए।
उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए। उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो। ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो।











