जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । शुक्रवार राति विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू रहेको बताइएको छ ।
अनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना लिने क्रममा विस्फोट भएको र कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइ नसकेको अधिकारीहरूले बताएका छन् ।
हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।











