कास्कीको मणिपाल र जिएमसी अस्पतालका नर्सहरू एक सातादेखि आन्दोलित

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ कार्तीक । पारिश्रमिक बढोनु पर्ने मागसहित कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक सातादेखि आन्दोलनमा उत्रिएका छन् । असोज २४ गतेदेखि उनिहरु आन्दोलमा उत्रिएका हुन् ।

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रुपैयाँ तोकिएको छ ।

अस्पताल प्रशासनले नर्सहरूको माग पूरा गर्न नसक्ने जनाएको छ, तर मणिपालले केही तलब बढाउन तयार रहेको बताएको छ।

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरूको माग छ ।

मणिपालले २४ हजारदेखि २९ हजारसम्म दिन तयार रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । मणिपाल र जिएमसी दुवैले नर्सहरूको मागअनुसार तलब दिन नसक्ने उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्