काठमाण्डौं, १ कार्तिक। नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठक्कर खाएको थियो ।
त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, टेलरको पछाडी बा. प्र. ०६९००१ ग ०४८४ नं. को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं. को बस, ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं. को बलेरो र पछाडीद्यब्द्य ८४७० नं. को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।
दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ ।
.











