देशभर मौसम सामान्य, मुख्यतया सफा रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन।

आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भागमा मौसम खुल्ला र सफा रहनेछ।

महाशाखाले आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।

हाल मौसम सामान्य रहेकोले दैनिक गतिविधिमा कुनै विशेष प्रभाव नपर्ने अनुमान गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्