काठमाडौं, असोज १८ । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ।
मन्त्रालयले शनिबार वायु सेवा सञ्चालकलाई पत्राचार गर्दै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा आकस्मिक रुपमा परिचालन हुने गरी निजी हेलिकप्टरलाई तयारी अवस्थामा राख्न अनुरोध हो।
भारी तथा अतिभारी वर्षाले आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौतालाई गृहले स्मरण गरेको हो।











