बिपी राजमार्ग ३ दिनका लागि बन्द 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८ ।  बिपी राजमार्ग ३ दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचना अनुसार बिपी राजमार्गको भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधनलाई चल्न निषेध गरिएको हो।

पहिरो र बाढीको जोखिमका कारण शनिबार बिहान ९ बजेदेखि आगामी २० गतेसम्म उक्त सडक खण्डमा सवारी साधन चल्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

उनका अनुसार जिल्ला सुरक्षा समितिले शनिबार यो राजमार्ग बन्द गराउने निर्णय गरेको हो। साथै यात्रामा ननिस्किन र बिपी राजमार्गमा यात्रा नगर्न आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्