पाँचथरको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८ । पाँचथरको कुम्मायक गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । पाँचथरबाट यात्रु बोकेर धरान तर्फ आउँदै गरेको बोलेर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । उनका अनुसार ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । उनीहरूको पहिचान भने खुलिसकेको छैन ।

दुर्घटनामा परि ६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पोख्रेलले बताए । उनीहरूको अवस्था गम्भीर रहेको छ। एक जनालाई भने उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

पाँचथरको कुम्याक गाउँपालिका यात्रु लिएर धरान आउँदै गरेको बोलेरो गाडी भिरबाट तमोर नदीमा खसेको थियो । मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिवार दिउँसो सडक छेउबाट ५ सय मिटर तल तमोर नदी किनारमा खसेपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्