काठमाण्डौं, १८ असोज। डोटी जिल्लामा एक प्रहरी जवान मृत फेला परेका छन् ।
गएराती मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२ः१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो ।
मृतकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।











