काठमाडौं, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको टिका ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले शीतल निवास राष्ट्रपति कार्यालयमा दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका हुन् ।
राष्ट्रपति पौडेलले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका छन् । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिएका छन् । ।











