काठमाडौं उपत्यकाका सडक सुनसान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १५ । बडादशै अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडक सुनसान प्रायः छन् ।

महानवमीका दिन सवारी साधनको समेत पूजाआजा गर्ने भएकाले उपत्यकाका सडकमा न्यून संख्यामा सवारी साधान सञ्चालनमा छन् । त्यसैगरि दशै मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको संख्या तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार बढिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्