पाल्पाको तानसेनमा भ्यान दुर्घटना, १३ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२ । तानसेन–रिडी गुल्मी सडकअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, देउराली अर्गलीमा भएको इलेक्ट्रिक भ्यान दुर्घटनामा १३ जना घाइते भएका छन् ।

बुटवलदेखि गुल्मीको जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ७९५७ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको रातो प्लेटको भ्यान दुर्घटनामा घाइते भएका ८ जनाको रुरु स्वास्थ्य चौकी रिडीमा उपचार गरिएको छ । पाँच जनालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनाग्रस्त भ्यान सडकदेखि ५० मिटर तल पल्टिएको छ । सवारी साधन घटनास्थलमै रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए ।

दसैं मनाउन घर फर्किने यात्रुहरुले रातो प्लेटको भ्यान रिजर्भमा ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्