काठमाडौं, असोज १२ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा पुनः आगजनी भएको छ। गएराति करिब साढे २ बजेतिर अज्ञात व्यक्तिहरूले निवासमा आगो लगाएको प्रहरीले जनाएको छ।
मुख्यमन्त्री पाण्डेका अनुसार गेटमा ताला लगाइएको भए पनि पर्खाल चढेर आएका व्यक्तिहरूले आगजनी गरेको हुनसक्छ। उनले यसअघिको आगजनीबाट बाँकी रहेका कागजात पनि पूर्ण रूपमा नष्ट भएको जानकारी दिए।
यसअघि भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा पनि मुख्यमन्त्रीको निवासमा तोडफोड र आगजनी भएको थियो। निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मुख्यमन्त्री पाण्डे हाल प्रमुख सचिवको निवासमा बस्दै आएका छन्।











