मुग्लिन–नारायणगढ सडक पुर्णरूपमा बन्द, पहिरो पन्छाउन आज दिनभर लाग्ने

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ असोज । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ ।

पहिरो पन्छाउनको लागि दुवतर्फबाट निरन्तर रूपमा मेशिनहरू परिचालन गरिएको र पूर्ण रुपमा पन्छाउन बुधबार दिनभर लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह पाँच बजे गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ ।

पहिरो पन्छाउन अझै समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न समेत सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्