सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ५ । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।  उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।

प्रधानमन्त्री कार्कीले  राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई मन्त्री बनाएकी हुन् । यसै अन्तर्गत उनले विषयगत क्षेत्रका  दलमा आबद्ध नभएका व्यक्तिलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्