विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ५ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए ।

हितेन्द्रलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्