सभापतिवाट राजिनामा दिएको पत्र रामहरीले बुझाए सभामुखलाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ साउन । रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजिनामा दिएको पत्र बुझाएका छन् ।

हिजो प्रतिनिधिसभाको बैठकमा राजीनामा दिने घोषणा गरेका सभापति खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन् ।

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा मुछिएर बिबादित बनेको तथा सो बारेमा गठित संसदीय छानबिन समितिले सभापतिको हैसियतमा नैतिक जिम्मेवार ठहराएको थियो ।

सो पछि उनले जिम्मेवारी स्विकार गर्दै हिजो संसदवाट राजिनामा दिने घोषणा गरेका थिए । जसअनुसार आज राजिनामा पत्र बुझाएका हुन् ।

उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्