दोधाराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

धनगढी, १० मंसिर ।  कञ्चनपुरमा पुलमा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लास्थित दोधराचाँदनी झोलुंगे पुलमा लडेर एक वृद्धाको मृत्यु भएको हो । पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया अमृता मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुंगे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा वारपार तथा आवतजावत सकस भएको स्थानीयले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्