काठमाडौं। नेपाली समाजमा चेलीले भोग्नुपरेका वेदना, माइतीप्रतिको माया र पराइ घरको पीडा बोल्ने एक अत्यन्तै मार्मिक तीज गीत ‘पीडा चेलिको’ सार्वजनिक गरिएको छ। चर्चित टेलिशृङ्खला ‘मेरि भाउजु’ टिमको प्रस्तुतिमा आएको गीतले चेलीको मौन आवाजलाई जीवन्त रूपमा उतार्ने प्रयास गरेको छ।
गीतका शब्द र लय लोकप्रिय सर्जक रामु बिरहि मल्लले सिर्जना गरेका हुन्। उनले समाजमा प्रायः सुनिन नसक्ने चेलीका अनुभूतिहरूलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। मल्लको सशक्त लेखन र भावुक लयसँगै गीतलाई थप गहिरो बनाएको छ।
रन्जिता विश्वकर्मा, रामु बिरहि मल्ल, टिकाराम श्रेष्ठ, रमा गोदार थापा र सबिता नेपालको स्वरमा रहेको गीतलाई अत्यन्तै संवेदनशील भावमा गाइएको छ। उनीहरूको आत्मा मिसिएको गायनले गीतलाई केवल संगीत होइन, भावनात्मक अनुभव बनाइदिएको छ।
गीतमा विशेषगरी माइती र पराइ घरबीचको अन्तरद्वन्द्व, चेलीको मौन वेदना, परिवारप्रतिको आत्मीयता र समाजमा उसले भोग्नुपरेका असमान व्यवहारहरूलाई उजागर गरिएको छ। गीतको भिडियोले पनि कथा र भावनालाई प्रभावशाली ढंगले चित्रण गरेको छ।









