सिन्दुलीमा बेपत्ता हायुका परिवारले केही दिन अघि मात्रै झण्डै ८ लाख बढी भत्ता बुझेको वडाअध्यक्ष भन्छन् घटना रहस्यमयी छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उर्मिला हायुको १६ परिवार हराएको घटना रहस्यमयी बनेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका – ६ बिप्पर कटेरीबाट हराएका उर्मिला हायुको परिवार खोज्न समस्या भएको छ । घटना रहस्यमय देखिएकाले खोजी गर्न समस्या भइरहेको वडाध्यक्ष रविन श्रेष्ठले बताएका छन ।

उनले हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए । १६ जना हराए पनि १८ जनाको भत्ता निकासा भएको र सो रकम ८ लाख रूपैयाँभन्दा बढी हुन जान्छ ।

वडाध्यक्ष श्रेष्ठले सोमबार बिहान ११ बजेतिरमात्र सो घटनाबारे थाहा भएपछि प्रहरीसहित उर्मिलाको घरमा पुग्दा रहस्यात्मक घटनाहरु देखिएको बताए । उनले वरपर पाखातिर खोज्ने काम भइरहेको बताएका छन् ।

अहिले उनीहरुको खोजीका लागी प्रहरी तैनाथ गरिएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्