काठमाण्डौं, १ साउन । इलामको सूर्योदय नगरपालिका–१ मा गएराति एक जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो।
३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली गएका प्रकाशको सूर्योदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो।
काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाइएको छ।
दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ।
घटना पछि शेर्पालाई पक्राउ गरेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।












