युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

बार्सिलोना, २७ असार । यस बर्ष युरोपमा अत्यधिक गर्मी महशुश गरिएको छ।

जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। 

गत बिहिवार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका ठूलो भागहरू अत्यधिक रूपमा गर्मी बढेको निष्कर्ष निकालिएको थियो । 

जसअनुसार स्पेनमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने फ्रान्समा जंगलमा आगलागी भएको छ । अध्ययनमा बार्सिलोना, म्याड्रिड, लन्डन र मिलान लगायत १२ सहरलाई समावेश गरिएको थियो, जहाँ तापक्रम यस बर्ष मात्रै औसत रूपमा ४ डिग्री सेल्सियससम्म बढेको थियो।

इम्पेरियल कलेज लन्डन र लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका वैज्ञानिकहरूले गरेको अध्ययन अनुसार यस अवधिमा अनुमानित २ हजार ३०० मृत्यु मध्ये १ हजार ५०० जलवायु परिवर्तनसँग सम्बन्धित थिए, जसले तातो लहरलाई थप गम्भीर बनाएको उल्लेख गरिएको छ ।

इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ता डा बेन क्लार्कले जलवायु परिवर्तनले यसलाई पहिलेको तुलनामा धेरै तातो बनाएको जनाएका छन् र यसलाई अझ खतरनाक बनाउँदै लैजाने चेतावनी पनि उनले दिएका छन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्