इजरायलद्धारा ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार

खबर बुक
  • ख-
  • ख+

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव इजरायलले स्वीकार गरेको छ । इजरायली सरकारले ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार्दै कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको छ । इरानबाट आफ्नो देशका निम्ति उत्पन्न परमाणु अस्त्र तथा ब्यालेस्टिक क्षेप्यास्त्रको खतरा निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ ।

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भू–भागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरायलसँगको युद्धविराम सहमति शुरू भएको जनाएको छ । इरानी हमलामा दक्षिणी क्षेत्रमा चार जनाको ज्यान गएको इजरायलले बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ को एक पोस्टमा इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेको थियो । ट्रम्पले युद्धविराम शुरू भएको र उल्लङ्घन नगर्न आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्