धनगढीमा ताल्चा लगाएको कोठाभित्र युवती मृत फेला

खबर बुक
  • ख-
  • ख+

धनगढीमा बाहिरबाट ताल्चा लगाएको कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका –२ को बैयाबेहडीमा आज (सोमबार) बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ अमरबस्तीकी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्