‘सङ्घीय निजामती सेवासम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार १ । ‘सङ्घीय निजामती सेवासम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । विधेयक पेस गर्दै खतिवडाले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताउनुभयो । दुई वर्षको कुलिङ पिरियड राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको उहाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्