पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

खबर बुक
  • ख-
  • ख+

कतार, १० जेठ । सिरियामा बसर अल असदको शासनकालमा पश्चिमी देशहरूले सिरियामा धेरै कठोर प्रतिबन्धहरू लगाएका थिए। तर, ‘कू’ पछि भने सिरियालाई सुन्नी अरब राष्ट्रहरूको समर्थन प्राप्त भए पछि स्थितिमा क्रमशः परिवर्तन हुन थालेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियामा सिरियाका नयाँ नेता अल शरासँग भेट गरेका थिए र लगत्तै सिरियामाथि लगाइएको सबै प्रतिबन्ध हटाउने घोषणा गरिदिए । ट्रम्पको सो घोषणा पछि अब युरोपेली संघले पनि सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएको छ ।

एचटीएस नेतृत्वको सरकार पश्चिमी देशहरूको यो निर्णयबाट धेरै खुसी भएको जनाइएको छ । खासमा सिरियाली व्यवसायीहरुमा खुसीको लहर छाएको छ किनभने उनीहरुले आफ्नो व्यवसायको लागि विश्वव्यापी बजार पाउन सक्ने अवस्थामा पुगेका छन् र अब उनीहरुले आफ्नो व्यवसायलाई विश्वव्यापी मान्यता दिन सक्ने कतारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युरोपेली संघले प्रतिबन्ध हटाउने निर्णयको सिरियाली व्यापार मालिकहरूले स्वागत गरेका छन्। सिरियालीहरूले एक दशकभन्दा बढी गृहयुद्ध पछि प्रतिबन्ध फुकुवाले देशमा थप लगानी गर्न र पुनर्निर्माणलाई प्रोत्साहित गर्ने आशा गरेका छन्।

ट्रम्पको मध्यपूर्व भ्रमण पछि अमेरिकी प्रतिबन्धहरू हटाइएको र अब युरोपेली संघको निर्णयले धेरै सिरियाली उद्यमीहरूलाई वर्षौंको आर्थिक एक्लोपन पछि आफ्नो जीविकोपार्जनको पुनः निर्माण गर्ने आशा ल्याएको छ।

कतारी मिडियासँग कुरा गर्दै सिरियाली व्यापारी हसन बन्दकजीले भने, “सिरियाबाट निष्कासन गरिएका र प्रतिबन्धका कारण हामीसँग काम गर्न छोडेका कम्पनीहरू अहिले सरकारको सम्पर्कमा रहन थालेका छौं, अब नयाँ आशा पलाएको छ, धेरै कम्पनी र उत्पादकहरूले हामीसँग भनिरहेका छन कि उनीहरू अब फिर्ता आउँदैछन् र तिनीहरू बजारमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन्।’

हयात तहरीर अल शाम, जसले सिरियामा अहिले शाषन चलाइरहेको छ, यो खासमा सुरूमा अल कायदासँग जोडिएको संगठन हो। जसलाई अमेरिका लगायत धेरै पश्चिमी देशहरुले आतंकवादी संगठन घोषित गरेका थिए । तर, अहिले अमेरिकालगायत धेरै पश्चिमी देशले सिरियाली सरकारसँग सम्बन्ध स्थापना गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्