मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

न्युज कारखना
  • ख-
  • ख+

पोखरा, ५ मंसिर

हिमालपारिको जिल्ला मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । १ हजार ४८ मत प्राप्त गर्दै गुरुङ विजयी भएका हुन् । उनले एमालेका इन्द्रधारा ड्याडु विष्टलाई पराजित गरे । विष्टले ७ सय ९३ मतमात्रै ल्याए ।

विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्