रुपन्देही २ मा विष्णु पाैडेललाई पछि पारे गणेश पाैडेलले

खबर बुक
  • ख-
  • ख+

बुटवल, ५ मंसिर । रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गरेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्