कुलमान बर्खास्ती नियमित प्रक्रियाः प्रधानमन्त्री ओली

खबर बुक
  • ख-
  • ख+

१८ चैत, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण तिर्नपर्दैन भनेर जनता उक्साउने र मानसम्मानका लागि दुर्गा प्रसाईंलाई आफ्नै घरमा बोलाएर हिंसा मच्चाउने योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहमाथिसमेत कारबाही गरिने चेतावनी दिएका छन्।

गत शुक्रबार राजतन्त्र पुनः स्थापनाका नाममा तीनकुनेमा मच्चाइएको हिंसाको नेतृत्व लिएका लागि नेपालकाे संविधानअनुसार कारबाही गरिने उनले आज प्रतिनिधिसभा बैठकमा बताएका हुन्।

प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउने नाममा पूर्वराजा ज्ञानेन्द्रले गद्दी छाड्दा सहमति तोडेको दाबी गरे। उनले राजतन्त्र फर्काउने नाममा सर्वसाधारणका घरघरमा आगलागी गर्ने, भौतिक सम्पत्ति नष्ट गर्ने, सवारीसाधनमा आगजनी गर्ने काममा संलग्न जोसुकैलाई कारबाही गरिने प्रतिबद्धता जनाए।

प्रधानमन्त्रीले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले नै नियुक्त गरेकाले हटाउँदा पनि यसलालाई ठूलाे इस्यू बनाउन नहुने धारणा व्यक्त गरे। सरकारलाइर्सा चित्त नबुझे यसअघि पनि नियुक्त गरिएकाहरूलाई हटाइएकाे हुँदा याे विषयमा संसद् अवराेध अनुचित रहेकाे उनकाे भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्