काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समावेश नगर्ने निर्णय गरिएको छ।
गणतन्त्र पक्षधर दलहरूको बैठकमा राप्रपा र रास्वपा दुवै दललाई नबोलाइएको कुरा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। उनले भने, प्रधानमन्त्रीज्यूले बोलाएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई आवश्यक नभएर नबोलाइएको हो।ू
यस बैठकको आयोजनाको कारण शुक्रवार राजधानीको तीनकुनेमा राजावादीहरूले गरेका हिंसात्मक गतिविधिहरू थिए। राप्रपा राजावादी विचारधारामा भए पनि रास्वपा गणतन्त्रलाई स्वीकार गरेर स्थापना गरिएको दल हो, तर यी दुवै दल ओली सरकारको विरोधमा संसद र सडक संघर्षमा सशक्त रूपमा प्रस्तुत हुँदै आएका छन्।
महेश बर्तौलाले विपक्षी दलहरूद्वारा संसद् सञ्चालन नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे। ूसरकारले ल्याएको पाँच वटा प्रतिस्थापन विधेयक सोमबार १२ बजेसम्म दुवै सदनबाट अनुमोदन गर्नुपर्ने छ, तर विपक्षी दलहरूले संसद चल्न दिनुभएको छैन, उनले भने।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको आह्वान गर्दै संसद् र सडक संघर्षको मुद्दामा विपक्षी दलहरूलाई दबाब दिने तयारी गरेका छन्, र बैठकले केही महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको उनले उल्लेख गरे।












