राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हतकडी लगाएर अदालतमा उपस्थित गराइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। राप्रपा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हतकडी लगाएर अदालतमा उपस्थित गराइएको छ। प्रहरीले उनलाई केहीबेरअघि हतकडी लगाएर अनुसन्धानका लागि म्याद थपको अनुमति माग्न अदालतमा पेस गरेको हो।

काठमाडौं प्रहरी स्रोतका अनुसार, मिश्रविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको आरोपमा म्याद थपको अनुमति मागिएको छ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान जाने घटनामा मिश्रको संलग्नता रहेको आरोपमा उनलाई शुक्रबार राति पक्राउ गरिएको थियो। प्रहरीले घटनामा उनका विरुद्ध थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्