प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत । राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ ।

राप्रपाका प्रवक्ता सगुन लावतीले प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित बनेको बताए ।

प्रहरीबाट कार्यक्रम भइरहेको मञ्चनजिकै अश्रुग्यास प्रहार भएपछि कार्यक्रम केहीबेर प्रभावित बन्न पुगेको उनको भनाइ छ । 

प्रहरीले आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको बताएको छ । सो क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । 

अहिले पनि तीनकुने क्षेत्रमा राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा नाराबाजी गरिरहेका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्