अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा झडप

खबर बुक
  • ख-
  • ख+

सिन्धुपाल्चोक, ४ मंसिर । निवर्तमान सभामुख अग्नि सापकोटाले मतदान गरेको मतदान केन्द्रमा झडप भएको छ ।

सिन्धुपाल्चाेककाे  सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रमा झडप भएकाे हाे ।

सभामुख सापकोटाले मतदान गरेको केही समयपछि एमाले र माओवादीका कार्यकर्ताबीच झडप भएको हो । माओवादीले अवरोध खडा गरी एकलौटी गर्न खोजेको भन्दै एमाले कार्यकर्ताले विरोध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने कोशिश भइरहेको सुरक्षा निकायले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्