भक्तपुरमा आगलागीले घर जल्दा एकजनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

भक्तपुर, ३० कात्तिक । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ राईटोलको एउटा घरमा बुधबार आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।

आत्माराम केसी र हरिशरण केसीको इँटा र काठले बनेको तीन तल्ले कच्ची घरमा अचानक आगलागी हुँंदा सोही घरमा बस्ने २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सुस्त मनस्थिति र प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् ।

घटनामा परी सोही घरकी १४ की नित्मा केसी घाइते भएकी र उनलाई नजिकैको कोरियन अस्पतालमा लगेको र उपचारपछि डिस्चार्ज भएको भएको प्रहरीले जनाएको छ । खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्