विश्वकै सबैभन्दा वृद्ध जापानी महिलाको १ सय १६ वर्षको उमेरमा निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० पुस । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया शहरले आज घोषणा गरेको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा निधन भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको एक सय १७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा निधन भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्