जिम्बाबेले खारेज गरयो मृत्यदण्ड सबन्धी ब्यवस्था, ६० कैदीको जोगियो ज्यान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस । विश्व नयाँ वर्षको उत्सवमा डुबेको छ । विश्वका कुना–कुनामा नयाँ वर्ष मनाइँदैछ ।

यस सँगै जिम्बाब्वेले नयाँ वर्षको एक दिन अगाडि ठूलो निर्णय गरेको छ । यस अन्तर्गत अब देशमा मृत्युदण्ड दिइने छैन। जिम्बाब्वेका राष्ट्रपतिले यससम्बन्धी 
कानुनी आदेशमा हस्ताक्षर गरेका छन् ।

मृत्युदण्डलाई लिएर विश्वमा धेरै प्रश्न उठिरहेको बेला जिम्बाबेले यो नयाँ निर्णय लिएको हो । जसअनुसार जिम्बाब्वेले मृत्युदण्डको सजाय आधिकारिक रुपमा खारेज गरेको छ । 

राष्ट्रपति इमर्सन मनंगाग्वाले नयाँ कानुन लागु गरेसँगै मृत्युदण्डको सजायको प्रतिक्षामा रहेका ६० जना कैदीको सजाय अब आजीवन कारावासमा परिणत भएको छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्