विमान ‘डाइभर्ट’ गराउँदा दुर्घटना, २५ जनालाई जीवितै उद्धार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, पुष १० । कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त भएको छ। कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जनाको जीवितै उद्धार गरिएको जनाएको हो। जसमा २२ जनालाई अस्पताल लगिएको छ। 

एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ। अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको थियो।

दुर्घटनाको कारण खुल्न सकेको छैन। अजरबैजान एयरलाइन्सको जे २-८२४३ विमान राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्