लाेकतन्त्र बचाउनका लागि अन्तिमसम्म लडिरहन्छु : दक्षिण कोरियाका राष्ट्रपति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , २७ मंसिर।  दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लोकतन्त्र बचाउका लागि आफू अन्तिमसम्म लडिरहने बताएका छन ।

उनले टेलिभिजन सम्बोधनका क्रममा गएको हप्ता देशमा सैनिक शासन लागू गर्ने ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति युनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको संसदीय तानाशाहीको विरोध गर्ने कानूनी निर्णय भएको जिकिर गरे ।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरिरहनु भएको खबरमा उल्लेख छ ।

राष्ट्रपति युनले देशमा  ‘मार्सल ल’ लागू गर्ने निर्णय गरेर केही घण्टा मै आफ्नो निर्णय फिर्ता लिएका थिए । तर दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ ।  उनिमाथि  अनुसन्धान पनि भइरहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्