सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

खबर बुक
  • ख-
  • ख+

हिजो बिना निष्कर्ष सकिएको सत्ता गठबन्धन सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।

बुधबार साँझ  बिना निष्कर्ष टुंगिको बैठक आज विहान ११ बजे बस्ने गरी टुंगिएको सरकारका प्रवक्ता एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिनुभयाे ।

नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्