थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन् ।

हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्